गौशाला गोलीकाण्ड : गुण्डा नाईके गणेश लामाकै पेस्तोलबाट गोली चलेको पुष्टि
काठमाडौँ । फागुन ३० गते गौशालास्थित पशुपति भिजनअगाडि गोली चलेपछि पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामाको साथमा फेला परेको पेस्तोलबाट नै गोली चलेको पुष्टि भएको छ ।
लामाले कुनै अमुक व्यक्तिले आफुमाथि आक्रमण प्रयास गर्दा हतियार नियन्त्रणमा लिएको र उक्त हतियार आफ्नो नभएको इन्कारी बयान दिएसँगै प्रहरीले उक्त पेस्तोल र हतियार जाँचका लागी फरेन्सिक ल्याबमा पठाएको थियो ।
‘गणेश लामाको साथमा फेला परेको हतियारबाटै गोली चलेको पुष्टि भएर आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘लामाको साथमा फेला परेको हतियार र घट्नास्थलमा फेला परेको गोलीको खोका हामीले फरेन्सिक जाँचका लागी पठाएका थियौं ।’
फागुन ३० गते अचानक गोली चलेको आवाज आएसँगै घट्नास्थमा पुगेको प्रहरीले लामाको साथमा फेला परेको ‘टाइप ५४ चाईनिज ठूलो’ पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको थियो । ‘टाइप ५४ चाईनिज ठूलो’ प्रहरीले पनि प्रयोग गर्दै आएको छ । प्रहरीले प्रयोग गर्ने उक्त पेस्तोल द्वन्द्वकालमा हराएको या लुटिएको हतियार हुनसक्ने बताइएको छ ।

उक्त हतियारको नम्बर मेटेको अवस्थामा लामको साथबाट प्रहरीले बरामद गरेको थियो ।
नेपाली काङ्ग्रेसबाट प्रदेशसभातर्फ काभ्रेबाट चुनाव लडेका लामा पशुपति भिजनस्थित इन्द्रणी क्लबमा जिम गर्न जान्थे । उनीमाथी काठमाडौं प्रहरीले हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण