गावस्कर भन्छन्, ‘म ४० बलमा बल्ल खाता खोल्थेँ, म्याक्सवेलले त शतक नै बनाएछन्’
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बुधबारको खेलमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलले केवल ४० बलमा एक सय रन बनाएको भन्दै महान् भारतीय क्रिकेटर सुनिल गावस्करले उनको प्रशंसा गरेका छन् । गावस्करले एकदिवसीय विश्वकपमा सबैभन्दा कम बलमा शतक पुरा गरेकोमा म्याक्सवेललाई बधाई पनि दिएका छन् ।
अलराउन्डर म्याक्सवेलले बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा शतक पुरा गरेका थिए । उनले ४४ बलमा एक सय ६ रन बनाएका थिए । त्यो खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि तीन सय नौ रनको कीर्तिमानी जित हासिल गरेको थियो ।
आफ्नो समयका चर्चित क्रिकेटर गावस्करले समयसँगै क्रिकेटमा आमूल परिवर्तन आएको धारणा पनि व्यक्त गरेका छन् । ‘हाम्रो समयमा म ४० बल खेलेर बल्ल खाता खोल्थेँ । आज म्याक्सवेलले ४० बलमा शतक नै पुरा गरेका छन् । यसका लागि म उनलाई बधाई दिन चाहन्छु । वास्तवमै क्रिकेटमा व्यापक परिवर्तन आएको छ,’ ७४ वर्षीय गावस्करले भनेका छन् ।
म्याक्सवेल एकदिवसीय विश्वकपमा क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने अस्ट्रेलियन ब्याट्सम्यान पनि बनेका छन् । गावस्कर आफ्नो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै बढी बलको सामना गरी निकै कम रन बनाउने ब्याट्सम्यानका रूपमा चर्चित थिए ।
गावस्करले सन् १९७५ को एकदिवसीय विश्वकपमा एक सय ७४ बलको सामना गरी केवल ३६ रन बनाएको घटना अहिले पनि विश्व क्रिकेटमा चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण