एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा ट्रमाका बिरामीलाई समस्या
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने खालका हुने गरेको जानकारी दिए । हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ ।
उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शय्या सञ्चालनमा रहेको जानकारी दिए । डा.रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको बताए । झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको बताए ।
दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् । अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको जानकारी दिए । आफू वार्डहरूको स्तरोन्नति गर्नेतर्फ लागिरहेको बताए । अहिले अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताए ।
डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरू मर्कामा परेको बताए । स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरू अप्रेसन गरिसकेपछि पुनः स्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने उनले बताए ।
उनले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताए । डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान क्रिकेट बोर्डको ऐतिहासिक घोषणा : टेस्ट खेलाडीको म्याच फि दोब्बर हुने, नयाँ कन्ट्राक्ट प्रणाली लागू
-
लेबनानमा ४ इजरायली सेनाको मृत्यु
-
नेयमारपछिको युगमा ब्राजिलको आशा : भिनिसियस जुनियर
-
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
२०८३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
-
बेलायती गुणस्तर परीक्षणमा द ब्रिटिस कलेज फेरि सफल, पायो पुनः अन्तर्राष्ट्रिय मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण