राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
- अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने र महाधिवेशनले देशलाई नयाँ सन्देश दिनुपर्ने बताए ।
- उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै पार्टी छोड्नेहरूले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत बिगारेको आरोप लगाए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। ‘हामीले जुन ढंगले अहिलेसम्म सोच्यौँ, जुन ढंगले चल्यौँ, त्यसमा परिवर्तन नगरी अब हुँदैन,’ उनले भने, ‘त्यसैले अब हामीले नयाँ ढंगले पार्टीलाई लैजानुपर्छ र आगामी महाधिवेशनले देशलाई एउटा नयाँ सन्देश दिनुपर्छ।’
उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिए महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अब कुनै पनि ढिलासुस्ती र अन्योल सह्य नहुने उनको भनाइ थियो । उनले निर्वाचन समितिलाई पूर्ण विश्वासमा लिएर काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको वातावरण निर्माणमा जुट्न आह्वान गरे ।
अध्यक्ष लिङ्देनले पार्टीभित्र देखिएका असन्तुष्टि र पार्टी छोडेर जानेहरूप्रति लक्षित गर्दै उनीहरूले नै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत र वातावरणलाई बिगार्ने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण