बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
कविता

फटाहा र फोहोर

शनिबार, ११ कात्तिक २०८०, ०९ : ४८
शनिबार, ११ कात्तिक २०८०

लम्पसार छेवैमा आएर
उभिएपछि फोहोर
उ सँग बस्न नसकिदोरहेछ
किनकि ड्ङ्डङ्ती गन्हाएर
वाकवाकी लाग्दो रहेछ

वा हाच्छिउँ गरेर
नाकहरूले बहिस्कार गर्छन्
नत्र एकपटक 
तिमी पनि उभिएर हेर
फोहोर गन्हाएको 
सनसनी खबर छ
हल्ला खल्ला छ
तर पनि एकथरी 
त्यही सडेको फोहोर 
उत्पादन गरिरहेछ ।

के को नाकलाई पिरलो
गन्धको के को मतलब 
केही हुनेवाला छैन 
ती फोहोरका मालिकहरूलाई
सुँघ्दा सुँघ्दा 
नाकको भोक बनिसक्यो दुर्गन्ध 
र, त उनीहरू 
फोहोर उत्पादनमा लागिरहन्छन्

कहिले सुनको गजुर पिस्छन्
कहिले वाइड बडी घिच्छन्
क्वीन्टलका क्वीन्टल
के के जाती हसुर्छन्

गिरिबन्धु ट्रस्ट
मानव तस्करीमा लागेर
पेवा बनाउँछन्
अकुत राज्यको दोहनमा रमेर
यहीँ छन् बालुवाटार काण्ड 
यहीँ छन् गण्डक कोशी 
महाकाली बेचुवाका नायक
तिनैले निरन्तर 
उभ्याई रहन्छन् 
मानवहरूको अगाडि 
दुर्गन्धित फोहोर
तिनको रस चुसेर
मानिस मानिस नभएर
राक्षस बनिरहेछ 
अब तिनलाई जोरडाँडो कटाएर 
फैलिन दिनुहुन्न 
फटाहा र फोहोर ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोनाम सज्जन किराती
सोनाम सज्जन किराती
लेखकबाट थप