मैनको पखेटा
आहा कति सुन्दर
कति चम्किलो
अद्भुत सुन्दर
यो पखेटा कहाँ पायो ?
मैले यही प्रश्न गरेको थिएँ ।
उसले छाती फुलाउँदै जवाफ दियो
किनेर ल्याएँ
उसले मलाई पैसा दिएको थियो
उसले मलाई यो पखेटा किन्न भनेको थियो
शानदार छ भनेको थियो
मलाई अति नै सुहाउँछ भन्यो
त्यसैले, मैले किने ।
मैले सुझाएको थिएँ,
तपाईँको पहिलेकै पखेटा ठिक थियो
प्रकृतिले दिएको उपहार
जन्मजातै पाएको शक्ति
किन काटेको नि ?
‘त्यो भन्दा यो राम्रो छ’ भन्यो उसले
शानदार तरिकाले भन्यो
घमण्ड साथ भन्यो ।
मैले भने,
यो मैनले बनेको पखेटा
देखिनमा मात्र सुन्दर छ
हेर्दा मनमोहक छ
तर थाहा छ,
यसले लामो दुरी पार गर्न सक्दैन
उचाइमा पग्लिन सक्छ
त्यो उचाइमा जान सक्दैनौ
जुन उचाइ,
तिम्रो आफ्नै पखेटाले दिन सक्थ्यो
तिमी उचाइमा जाँदै गर्दा
खस्नेछौ एकदिन
छटपटिने छौ एकदिन
त्यो दिन
उसले तिमीलाई उठाउन आउने छैन ।
उसले मानेन
उड्यो उचाइमा मैनको पखेटाले
मैनको पखेटा पग्लियो
र, बज्रियो जमिनमा ।
जोतपुर, बर्दिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण