इजरायलमा थप केयरगिभर माग, युद्धको अवस्था सामान्य बनेपछि प्रक्रिया अघि बढ्ने
काठमाडौँ । इजरायलले थप नेपाली केयरगिभर माग गरेको छ । नर्सिङ सेन्टरहरूमा काम गर्नको लागि इजरायलले थप १ हजार ३०० केयरगिभर माग गरेको हो ।
हाल इजरायल र गाजाबीच युद्धको अवस्था छ । जसले गर्दा उक्त प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
यदि युद्ध नभएको खण्डमा अहिले आवेदन प्रक्रिया अगाडि बढिसकेको हुने थियो । तर, हाल इजरायल युद्धको अवस्थामा रहेकाले तत्काल प्रक्रिया अगाडि बढाउन नसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह–सचिव राजीव पोखरेलले युद्धको अवस्था सामान्य भएसँगै छनौटको प्रक्रिया अगाडि बढाइने बताए ।
‘अहिले इजरायल र गाजाबीच युद्ध चर्किरहेकाले यो विषय पेण्डिङमा छ । नत्र केही दिनभित्रमा नै केयरगिभरको लागि सूचना आह्वान गरेर आवेदन प्रक्रिया अघि बढ्ने थियो । अब दुई देशबिचको वातावरण शान्त भएपछि प्रक्रिया अगाडि बढ्छ,’ सह–सचिव पोखरेलले भने ।
हाल इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपाली छन् । ती मध्ये १ हजार भन्दा मानिसहरू हालै केयरगिभरको रूपमा गएका थिए । उनीहरूको कामप्रति नर्सिङ होमका सञ्चालकहरू सन्तुष्ट देखिएका छन् । जसले गर्दा उनीहरूले थप नेपाली केयरगिभर माग गरेसँगै इजरायल सरकारले नेपालसमक्ष प्रस्ताव गरेको थियो ।
युद्धको अवस्था सामान्य बनेपछि दुवै देशका अधिकारीहरूबिच छलफल गरेर अघि बढ्ने उनको भनाई छ । इजरायलले केयरगिभरसँगै एक हजार जना कृषि कामदार समेत माग गरेको थियो । तर, प्रति कामदारले एक हजार अमेरिकी डलर तिर्नुपर्ने भएपछि नेपालले तत्कालका लागि उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण