स्रोत नखुलेको १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सोमबार, १३ कात्तिक २०८०, १२ : २८
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-७ बखरी चोकबाट स्रोत नखुलेको नगद १३ लाख २० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण