सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौँको टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।
यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइ पश्चात् बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँकै प्राङ्गणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई लाख आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालक तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन् । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँ र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।
बैंकको सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औँ वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको र आगामी दिनहरूमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण