cricket
डी कक र डुसेनको शतक, न्युजिल्याण्डसामु विशाल लक्ष्य
बुधबार, १५ कात्तिक २०८०, १८ : १७
पुणे । क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले भारतमा जारी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डसामु ३ सय ५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टोलीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको हो ।
डी ककले १ सय १४ रनको शानदार पाली खेले । उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो ।
त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण