सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तास खेलिरहेका १८ जना पक्राउ

बिहीबार, १६ कात्तिक २०८०, १२ : १७
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । कञ्चनपुर र बाँकेबाट जुवातास खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख २० हजारभन्दा बढी रकम प्रहरीले बरामद गरेको हो ।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर रानासमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ४० हजार ९ सय २७ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

उता बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगंज बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ घर  भएका २८ वर्षीय राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको

प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप