एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा आचार्य नियुक्त
काठमाडौँ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे ।
काठमाडौको सिनामंगलका आचार्य यसअघि लक्ष्मी सनराइज बैकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका थिए ।
चाटर्ड एकाउन्टेन्ट समेत रहेका उनी लक्ष्मी सनराइजमा आउनभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए । एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट गुप दिनानुदिन ठुलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफुले सहयोग पुर्याउने छु, यसका लागि म खुशी छु ’
एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी भएको बताइएको छ । जुन १९ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवान सफ्ट कम्पनी अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण