गोदावरी मेलाको २१ हजारले गरे अवलोकन, ३ दिनमा ५२ लाखभन्दा बढीको कारोबार
काठमाडौँ । मंगलवारदेखि जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तेस्रो दिन मेलामा अवलोकनकर्ताको भीड बढेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा कार्तिक १४ गतेबाट सुरु मेला कार्तिक १८ गते शनिवारसम्म चल्नेछ ।
तेस्रो दिनसम्म कुल २१ हजार भन्दा बढीले मेला अवलोकन गरेको र करिब ५२ लाख ४५ हजार रुपैयाँ बढीको कारोबार गरेको अध्यक्ष मीन बहादुर तामाङले बताए ।
प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् ।
हाल नेपालमा ४८ जिल्लामा करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याङ्क छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।
प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।
पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण