विश्वकप क्रिकेट : भारतसामु निरीह बन्यो श्रीलंका
बिहीबार, १६ कात्तिक २०८०, २१ : ०२
काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा आयोजक राष्ट्र भारतले श्रीलंकाविरुद्ध ३०२ रनले जित हासिल गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो । ३५८ रनको लक्ष्य पाएको श्रीलंकाले २० ओभरमा ५५ रन बनाउँदै सबै विकेट गुमायो ।
भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रन बनाएका थिए ।
श्रीलंकाका तर्फबाट एन्जेलो म्याथ्युजले १२, महेश तिक्षणाले १२ र कसुन रजिथाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा ७ खेल खेलेको भारतले सबै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण