‘प्राविधिक शिक्षा, अहिलेको आवश्यकता’: मुख्यमन्त्री शाही
सुर्खेत–कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकका लागि प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) कर्णाली प्रदेशको टोलीले दिएको सुझाव तथा ध्यानाकर्षण पत्र बुझदै मुख्यमन्त्री शाहीले प्राविधिक शिक्षा आजको टड्कारो आवश्यकता रहेको औंल्याएका हुन् ।
कर्णाली प्रदेशको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षामा विज्ञहरुको सुझाव लिएर नीति तयार गर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘काठको काम गर्ने जनशक्ति चाहिएको ठाउँमा फलाम काट्ने जनशक्ति उत्पादन गर्नुको कुनै अर्थ छैन । अहिलेको पढाई प्रमाणपत्र हातमा लिएर मागी खाने मात्रै भयो, गरिखाने हुन सकेन’ मन्त्री शाहीको भनाई थियो ।
सैद्धान्तिक शिक्षाले समाज रुपान्तरण नहुने भएकोले दर्शनबाट आदर्श जन्माउने शिक्षा भन्दा पनि विश्वका कुनैपनि कुरामा गएर आफ्नो ब्रेनलाई बेचेर विश्व बजारमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्नतर्फ प्रदेश सरकार लाग्ने शाहीले बताए ।
यता, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशियसन नेपाल (एन प्याब्सन) कर्णाली प्रदेशका अध्यक्ष कमलबहादुर सिंहले आधुनिक वैज्ञानिक शिक्षा नीति बनाउन कर्णाली प्रदेश सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले कानून निर्माण हुन पूर्व नै ११ बुँदे ध्यानाकर्षण र ४७ बुँदे सुझाव पत्र बुझाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण