जाजरकोट भूकम्प
जाजरकोटमा कम्तीमा १० जनाको मृत्यु, केन्द्रविन्दु रहेको बारेकाेटसँग सम्पर्कविच्छेद
शनिबार, १८ कात्तिक २०८०, ०१ : ५६
काठमाडौँ । जाजरकोट भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकाेटले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशी गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको स्थानीयले कार्यालयमा जानकारी गराएका हुन् ।
भूकम्पकाे केन्द्रविन्दु रहेको बारेकाेट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । त्यहाँको सबै सम्पर्कविच्छेद भएको जाजरकाेटका प्रजिअ सुरेश सुनारले बताए । जाजरकाेटमा यतिबेला प्रहरीको सञ्चारसेटले पनि काम गरेको छैन । भूकम्पबाट छिमेकी जिल्ला रुकुममा पनि क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण