जाजरकोट भूकम्प : के गर्दै छ कर्णाली सरकार ?
सुर्खेत । गएराति आएको भूकम्पबाट घाइतेहरूको उद्धारका लागि कर्णाली प्रदेश सरकारले जुटिरहेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार हवाई र स्थल मार्ग मार्फत उद्धार कार्य हुन लागेको हो ।
उनका अनुसार जाजरकोट र रुकुम पश्चिममा रहेका प्रादेशिक संरचनाहरूमार्फत उद्धार कार्य भइरहेको छ । भिजिबिलिटी खुल्ने बित्तिकै उडान हुने गरी चिकित्सक टोली त्यसतर्फ जान तयारी अवस्थामा रहेको उनले बताए ।
मुख्यमन्त्री राजकुमार शर्मासहितको टोली स्थल मार्ग मार्फत जाने तयारी छ । मन्त्री जिसीका अनुसार सुर्खेत, नेपालगन्ज र दाङबाट राहत तथा उद्धारका सामाग्री पठाउने काम हुँदै छ ।
यस्तै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक भर्खरै सम्पन्न भएको छ भने प्रदेश मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्न लागेको मन्त्री जिसीले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले क्षेत्रगत जिम्मेवारी बाँडफाँड गरी राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण