भूकम्पबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत
शनिबार, १८ कात्तिक २०८०, ११ : ४८
रुकुम पश्चिम । गएरातिको शक्तिशाली भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् ।
सानीभेरीमा मृत्यु हुनेमा वडा नम्बर २ को परियार टोल बस्ने १२ वर्षीय मनिषा परियार, वडा नम्बर १ चाइना बगर बस्ने ३१ वर्षीय धनवीर पुन, २८ वर्षीय चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाका बालक रेजन वली र ४ वर्षीय सरस्वती विक छन् । यस्तै, वडा नम्बर ४ बस्ने ८ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई, ६ वर्षीय कृष्ण परियारको पनि मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण