भूकम्प : बैतडीमा घर भत्किँदा तीन घाइते
बैतडी । गए राति जाजरकोट केन्द्रविन्दु बनाइ गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पका कारण बैतडीमा तीन जना घाइते भएका छन् । भूकम्पका कारण एउटा घर भत्किएको छ भने तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र नौ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएका हुन् ।
घरको पर्खाल भत्किँदा गोठमा बाँधेका एक गाई, एक भैँसी र बाख्रालाई पनि चोट लागेको छ । कार्कीको चारकोठे दुईतले कच्ची घरको पर्खाल भत्किएको हो । रातिको समयमा पर्खाल भत्किएपछि उनीहरु च्यापिएको र स्थानीयले उद्धार गरेका थिए । घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएका छन् भने कार्कीको परिवारलाई अर्को घरमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण