बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंका बन्ने त्रासले अर्थतन्त्रमा समस्या : अध्यक्ष ढकाल

शनिबार, १८ कात्तिक २०८०, १४ : २७
शनिबार, १८ कात्तिक २०८०

 काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
 
उनले अहिलेको समस्या समाधान गर्न सामान्य अवस्थाको नीतिगत सुधारले नहुने भन्दै बृहत सोचका साथ नीति परिवर्तन आवश्यक रहेको बताए । ढकालले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
 
‘अहिले सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । बैंकमा लिक्युडीटी पनी बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधरणमा विश्वासको वातावरण बनाउन सहयोग पुर्याउनु पर्छ ।’ यस्तै, आज कर्णालीमा गएको भूकम्पका प्रभावितलाई राहत वितरण गर्ने समेत ढकालले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप