श्रीलंका बन्ने त्रासले अर्थतन्त्रमा समस्या : अध्यक्ष ढकाल
शनिबार, १८ कात्तिक २०८०, १४ : २७
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले अहिलेको समस्या समाधान गर्न सामान्य अवस्थाको नीतिगत सुधारले नहुने भन्दै बृहत सोचका साथ नीति परिवर्तन आवश्यक रहेको बताए । ढकालले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
‘अहिले सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । बैंकमा लिक्युडीटी पनी बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधरणमा विश्वासको वातावरण बनाउन सहयोग पुर्याउनु पर्छ ।’ यस्तै, आज कर्णालीमा गएको भूकम्पका प्रभावितलाई राहत वितरण गर्ने समेत ढकालले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण