बिलाएका तारा
कालो औँसीको रातमा
ती पिलपिल गरिरहेका ताराहरूले
आज केही बोल्न खोजी रहेझैँ लाग्छ
खुल्ला पुस्तकमा लेखिएका
ती राता अक्षरहरूले
आज केही भन्न खोजी रहेझैँ लाग्छ
समयको दौडसँगै
ती मनमा गढिएका हजारौं शब्दहरू
आज बिस्फोट हुन खोजी रहेझैँ लाग्छ
कलिला ती शरीर, भाव
अनि, मस्तिष्कमा गुम्सिएका वेदना
आज छताछुल्ल पोखिन खोजी रहेझैँ लाग्छ ।
भुकम्पले हल्लाएका ती कच्ची घरहरूझैँ
भइदिएको छ मेरो मन
हावाहुरीले निहुराइदिएका ती धानका बालाझैँ
भइदिएको छ मेरो शिर
मन भित्र कुटकुटि भरिएका छन्
त्यो दिनको हरेक यादहरू
आकाशै झरेझैँ ती बोझहरू
अझै पनि उचालिरहेछन् ती मेरा काँधहरू।
जिउ नै सिरिङ्ग हुने गरी स्पर्श गरिएका
ती हातहरू मेरा भित्री अङ्गहरूमा
केही नबुझ्ने यो कलिलो शरीरलाई
राखिए उसका मजबुत काखमा
सायदै फस्टाएका थिए ती मेरा स्तनहरू
तर, निहारिए यसरी
जसरी सामान किन्दा छानिन्छन् बस्तुहरू
अबुझ त्यो मनले
छुट्टाउन सकेन फरक छुवाइहरूमा
सायद,छुट्टाउन सकेको भए मारिने थिएनन्
म जस्ता हजारौं ताराहरू यो देशमा ।
आज पनि मन सिसाले रोपिएझैँ चसक चसक हुन्छ
जब ती बितेका अबुझ दिनहरू कल्पनामा आउँछन्
जेठको चर्को घाममा पनि मेरो शरीरले
पुसको कठ्याङ्ग्रिँदो चिसोको अनुभव गर्छ
ताराहरू विभाजित भएर बिलाएको महसुस हुन्छ
सिङ्गो आकाश नै उजाड र पतझड लाग्छ।
अब तपाईंहरू नै भन्नु होस्महोदय,
यी हराएका ताराहरू
मकुन चैँ आकाशगङ्गामा खोजुँ ?
कुन चैँ आकाशगङ्गामा खोजुँ ??
बीबीए चौथो सेमेस्टर
एटलान्टिक इन्टरनेशनल कलेज,
गल्कोपाखा, सामाखुसी, काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण