विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीको छापा
काठमाडौं । ‘भिजिट भिसामा विदेश पठाउँछु’ भनेर फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको छ । टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । नक्कली कागजात बनाउने काममा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दीपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् । डिएसपी गोविन्द पन्थी नेतृत्वको टिमले त्यसबारे लामो अनुसन्धान गरेको थियो ।
सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेका हुन् । स्वयम्भूमा दीपक केसीले प्लसटु को नक्कली कागजात बनाउने कारखाना सञ्चालन गरेको एसपी रेग्मीले जानकारी दिए ।
गिरोहले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टु को सर्टिफिकेट र नाता प्रमाणित पनि किर्ते बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भिजिट भिषामा विदेश जान चाहने ग्राहक खोजेर नक्कली कागजात तयार गर्नका लागी दीपक केसी र बल बहादुर रावतसँगको सम्पर्कमा लैजाने गरेका थिए ।
अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका भक्तबहादुरले नयाँ बसपार्कमा ट्राभल एजेन्सी सञ्चालन गरेका छन् । काभ्रे घर भएका जीवराज तामाङ प्रहरी जवान हुन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत तामाङले विदेश पठाउन ‘सेटिङ’ मिलाउन सहयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । किर्ते काम गर्ने गिरोहले प्रतिव्यक्ति ५० हजारसम्म लिएर कागजात बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण