युवा संघ नेपालको कार्यालय कमिटीको बैठक सम्पन्न
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको कार्यालय कमिटीको बैठक सम्पन्न भएको छ । संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरी 'प्रेस नोट' जारी गरेका छन् ।
युवा संघ नेपालले कार्तिक १७ गते राती ११:३० बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग र राहतकार्यमा जुट्न जिम्मेवारी तोक्दै विभिन्न निर्णयहरु गरेको छ ।
संघले रक्तदान कार्यक्रम सुर्खेत, बाँके (नेपालगन्ज) र काठमाडौँ उपत्यकामा गर्ने र कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीको संयोजकत्वमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु रहने गरी प्रभावित भूगोलको स्थलगत अध्ययनसहित पार्टी कमिटीसँग समन्वय गरी प्रभावकारी कार्यक्रम तय गर्ने निर्णयहरु भएको संघका कार्यालय प्रमुख नरेश गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण