बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अमर्यादित सामग्री हटाउने व्यवस्था मिलाउन सरकार र टिकटकका प्रतिनीधीबीच छलफल

आइतबार, १९ कात्तिक २०८०, १९ : ५५
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । सामाजिक संजालको दुरुपयोग रोक्नेबारे सरकारका नियकायहरुले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनीधीहरुसँग छलफल गरेका छन् । कार्तिक २७ मा गृह मन्त्रालयमा टिकटकको कार्यालय सिंगापुरका प्रतिनीधिहरुसँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । 

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री  हट्ने व्यवस्था मिलाउनेबारे टिकटकका प्रतिनिधीहरुसँग सहकार्य गर्नेबारे छलफल भएको सहसचिव भट्टराईले जानकारी दिए । छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए । टिकटकको दुरुपयोगबारे अनुसन्धान गर्ने निकाय साइबर ब्यूरोका अधिकृतहरु पनि छलफलमा सहभागी रहेको बताइएको छ । 

सो छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने सामग्री हटाउन छलफलबाट सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । गैरकानूनी सामग्री टिकटकमा पोष्ट नगर्न र कानूनी कारबाहीबाट बच्न गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

h

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप