अमर्यादित सामग्री हटाउने व्यवस्था मिलाउन सरकार र टिकटकका प्रतिनीधीबीच छलफल
काठमाडौँ । सामाजिक संजालको दुरुपयोग रोक्नेबारे सरकारका नियकायहरुले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनीधीहरुसँग छलफल गरेका छन् । कार्तिक २७ मा गृह मन्त्रालयमा टिकटकको कार्यालय सिंगापुरका प्रतिनीधिहरुसँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।
टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री हट्ने व्यवस्था मिलाउनेबारे टिकटकका प्रतिनिधीहरुसँग सहकार्य गर्नेबारे छलफल भएको सहसचिव भट्टराईले जानकारी दिए । छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए । टिकटकको दुरुपयोगबारे अनुसन्धान गर्ने निकाय साइबर ब्यूरोका अधिकृतहरु पनि छलफलमा सहभागी रहेको बताइएको छ ।
सो छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने सामग्री हटाउन छलफलबाट सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । गैरकानूनी सामग्री टिकटकमा पोष्ट नगर्न र कानूनी कारबाहीबाट बच्न गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण