शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद सुवेदीले भूकम्प पीडितलाई १ महिनाको तलब दिने

आइतबार, १९ कात्तिक २०८०, २० : ०८
आइतबार, १९ कात्तिक २०८०

पोखरा । गण्डकी प्रदेशका सांसद डिल्लिराम सुवेदीले जाजरकोट भूकम्पका पीडितहरूलाई राहत र उद्धारका लागि १ महिनाको तलब दिने घोषणा गरेका छन् । उनले सरकारबाट प्राप्त हुने १ महिनाको तलब सरकारले बनाएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । 

सुवेदी बागलुङ क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् । सुवेदीले तत्काल उद्धार र राहत तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

‘जाडो लागिसकेको छ । यो बेला हजारौँ नागरिक घर विहीन भएका छन्,’ उनले भने, ‘राज्यले अभिभावकत्व प्रदान गर्नुपर्छ । जाडोअघि नै उनीहरुलाई उचित व्यवस्थापन गर्नुपर्छ ।’ 

कांग्रेसले १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ । तर उनले १ महिनाकै तलब दिने घोषणा गरेका हुन् । गण्डकीका सांसदले प्रतिमहिना ५४ हजार तलब पाउँछन् । यसअघि गण्डकी एमालेले पनि सांसदहरुको ७ दिनको तलब भूकम्प पीडितको राहत र उद्धारका लागि पठाउने निर्णय गरेको छ । गण्डकी सरकारले १ करोड रुपैयाँ दिने मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप