राजेश हमालको ‘मधु मस्ती’ पोष्टमा फ्यानको प्रश्न–कुन दुनियाँमा हो र ?
काठमाडौँ । गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति पुर्याएको छ । थुप्रै घर भत्किएको भूकम्पमा डेढसय बढीले ज्यान गुमाएका छन्, भने हजारौँ घाइते छन् ।
यस्तो अवस्थामा राजनीतिक दल, कार्यकर्तादेखि समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु भूकम्प पीडितको घाउमा मल्हम लगाउन तल्लीन छन् । अधिकांशले सामाजिक सञ्जाल भूकम्प पीडितका लागि सहयोगमा रंगाएका छन् ।
तर, नेपाली फिल्म क्षेत्रका कलाकार राजेश हमालको सामाजिक सञ्जाल भने ‘मधु मस्ती’ले भरिएको छ । हमालले शनिबार ‘मधु मस्ती’ भन्दै पत्नीसहितको केही तस्बिर पोस्ट गरेका थिए । देश दुखी भएको समय हमालको उक्त पोष्टले फ्यानलाई दुखी बनाएको छ । त्यसैले उनको पोष्टमा फ्यानले सकारात्मक भन्दा नकारात्मक कमेन्ट बढी गरेका छन् ।
भुपेन्द्र बस्नेत नामक फ्यानले राजेशलाई कुन दुनियाँमा होर भनेर प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘सिंङ्गो देश शोकमा डुबेको बेला फेरि यो कस्तो मस्ती । कुन दुनियाँमा हो र ?, सारा नेपाली त शोकमा छन् ।’
त्यस्तै संकल्प चन्द ठकुरीले लेखेका छन्, ‘देश महाविनाशकारी भूकम्पले रोएको छ । यता हाम्रो देशका आइकनहरुको मनोदशा यस्तो छ ।’
प्रकाश न्यौपानेले लेखेका छन्, ‘पुरै देश शोकाकुलमा भैराको बेला कस्तो मस्ती गर्न मन लाको हो त ? मानवता कता गयो होला ?’
हरिचन्द्र बहादुर बोहोराले हमाललाई सहयोगमा जुट्न आग्रह गर्दै लेखेका छन्, ‘देशमा शोक मनाई रहदा तपाई मस्ती तिर दाजु । सकिन्छ सहयोग गरौँ महानायक राजेश हमाल दाइ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण