‘यूएमएल क्याराभान’मा एमाले, सचिवालय बैठक बुधबार
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक बुधबार दिउँसो १२ बजे बस्ने गरी आह्वान भएको जानकारी दिएका हुन् ।
मङ्सिरको दोस्रो साताबाट सुरु हुने ’यूएमएल क्याराभान’का साथै भूकम्पले परेको प्रभाव लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ ।
तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने बुझिएको छ । अभियान अन्तर्गत एमाले नेता कार्यकर्ताहरूले मेची–महाकाली १८ सय ७९ किमी यात्रा गर्ने छन् । जसअन्तर्गत जनपरिचालन, जनसभालगायतका गतिविधि गर्ने एमाले नेताहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण