‘यूएमएल क्याराभान’मा एमाले, सचिवालय बैठक बुधबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक बुधबार दिउँसो १२ बजे बस्ने गरी आह्वान भएको जानकारी दिएका हुन् ।
मङ्सिरको दोस्रो साताबाट सुरु हुने ’यूएमएल क्याराभान’का साथै भूकम्पले परेको प्रभाव लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ ।
तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने बुझिएको छ । अभियान अन्तर्गत एमाले नेता कार्यकर्ताहरूले मेची–महाकाली १८ सय ७९ किमी यात्रा गर्ने छन् । जसअन्तर्गत जनपरिचालन, जनसभालगायतका गतिविधि गर्ने एमाले नेताहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार