बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई आइएसएमटी कलेजको ५ लाख सहयोग

मङ्गलबार, २१ कात्तिक २०८०, २१ : ४९
मङ्गलबार, २१ कात्तिक २०८०

आइएसएमटी कलेजले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावितलाई ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराउने निर्णय गरेको हो । 

कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । यसैगरी कलेजले भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस दुःखद घडीमा खोज, उद्धार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह गरेको छ । 
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र बिराटनगरमा सञ्चालित रहेको अध्यक्ष योगेश उप्रेतीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप