विभागले उपत्यकाका पसललाई एकैदिन गर्यो २ लाख ८५ हजार जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारीक फर्मलाई २ लाख ८५ हजार रुपैयाँ बराबरको कारबाही गरेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा विशेष टोली बजारमा खटाइरहेको छ ।
यही क्रममा हिजो मंगलबार एकै दिन ८ वटा फर्मलाई कारबाही गरेको हो । त्यसक्रममा विभागले ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना गराइएको छ । सबैभन्दा धेरै नगद जरिवाना कलंकीको मदिरा पसललाई २ लाख रुपैयाँ तिराइएको विभागले जनाएको छ ।
यसबाहेक, काठमाडौंको इलेक्ट्रिक पसललाई २० हजार रुपैयाँ, पेप्सीकोलाको भाडाँकुडा पसललाई ५ हजार रुपैयाँ र काठमाडौँकै भाडाँडाकुँडा पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
यसैगरी, काठमाडौँकै थप दुई भाडाँकुँडा पसलेलाई समान १०÷१० हजार रुपैयाँ जरिवाना तिराउँदा विभागले गोकर्णेश्वरको दुई इलेक्ट्रिकल पसललाई २० हजार र १० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण