शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विभागले उपत्यकाका पसललाई एकैदिन गर्‍यो २ लाख ८५ हजार जरिवाना

बुधबार, २२ कात्तिक २०८०, १० : ४८
बुधबार, २२ कात्तिक २०८०

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारीक फर्मलाई २ लाख ८५ हजार रुपैयाँ बराबरको कारबाही गरेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा विशेष टोली बजारमा खटाइरहेको छ ।

यही क्रममा हिजो मंगलबार एकै दिन ८ वटा फर्मलाई कारबाही गरेको हो । त्यसक्रममा विभागले ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना गराइएको छ । सबैभन्दा धेरै नगद जरिवाना कलंकीको मदिरा पसललाई २ लाख रुपैयाँ तिराइएको विभागले जनाएको छ ।

यसबाहेक, काठमाडौंको इलेक्ट्रिक पसललाई २० हजार रुपैयाँ, पेप्सीकोलाको भाडाँकुडा पसललाई ५ हजार रुपैयाँ र काठमाडौँकै भाडाँडाकुँडा पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।

यसैगरी, काठमाडौँकै थप दुई भाडाँकुँडा पसलेलाई समान १०÷१० हजार रुपैयाँ जरिवाना तिराउँदा विभागले गोकर्णेश्वरको दुई इलेक्ट्रिकल पसललाई २० हजार र १० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप