हराएको चर्चाबिच गायक हर्कुलस बस्नेतले भने, ‘नियन्त्रण बाहिर रहेपछि शो छोडे’
काठमाडौँ । गायक हर्कुलस बस्नेतले आफू अमेरिकामा परिवारसँग रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै शो जानकारी दिएका हुन् ।
केही अगाडि दर्जन बढी साङ्गीतिक कार्यक्रमका लागि अमेरिका पुगेका बस्नेत अमेरिकाको न्युयोर्कबाट सम्पर्क विहीन रहेको कार्यक्रम आयोजकले बताएका थिए । उनी हराएको विषयमा त्यहाँका मिडियाले समाचार समेत बनाएका थिए । बस्नेतले भने कार्यक्रम आफ्नो नियन्त्रण बाहिरको रहेकोले छोडेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो परिवारसँग घरमा आउन पाउँदा खुसी छु । मैले शो छोडे, बहिनीको घरमा गएर फर्किए । कार्यक्रम मेरो नियन्त्रण भन्दा बाहिरको परिस्थितिले उत्कृष्ट हुने मौका पाइन ।’
साङ्गीतिक कार्यक्रमका लागि पहिलोपटक अमेरिका पुगेका बस्नेत गत अक्टोबर ३१ मा बोस्टनको कार्यक्रम सकाएर न्युयोर्क पुगेका थिए । न्युयोर्कबाट उनी आयोजकको सम्पर्क बाहिर रहेका थिए । उनले नोभेम्बर ३ को न्युयोर्कको कार्यक्रममा प्रस्तुति दिने तय भएको थियो । जसमा उनी सहभागी भएनन् ।
गायिका अस्मिता अधिकारीसाथ बस्नेत पिथ्री (कलाकार) भिसामा अमेरिका पुगेका थिए । ‘दसैँ तिहार २०२३’ फेस्ट म्युजिकल युएसए यात्रा’ नाम रहेको कार्यक्रम दसैँ र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहर डल्लास, ओहायो, बोस्टन, न्युयोर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा तय गरिएको थियो ।
हर्कुलस डल्लास, एक्रोन ओहायो, बोस्टनको कार्यक्रमपछि आयोजकको सम्पर्क बिहिन रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण