यू—१९ एसिया कप क्रिकेट : बलियो समूहमा परेको नेपालको पहिलो खेल पाकिस्तानसँग
काठमाडौँ । यसै वर्ष आयोजना हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
यू-१९ एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर ८ देखि १७ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा बलिया टोलीहरु छन् । त्यो समूहमा नेपालका अतिरिक्त भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्नेछ । सोही दिन भारत र अफगानिस्तानबिच अर्को खेल खेलिने छ ।
यसैगरी नेपालले दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग खेल्नेछ । सोही दिन अर्को खेल भारत र पाकिस्तानबिच हुनेछ । नेपालले तेस्रो खेल डिसेम्बर १२ मा भारतसँग खेल्नेछ । सोही दिन अर्को खेल पाकिस्तान र अफगानिस्तानबिच हुनेछ ।
पहिलो चरणको खेलको समाप्तिपछि समूह समूहबाट अंक तालिकामा सबैभन्दा माथि रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । दुबै सेमिफाइनल खेल डिसेम्बर १५ मा खेलिने छ । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण