हिमालय बैंकद्वारा २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग
बिहीबार, २३ कात्तिक २०८०, १५ : २६

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरी सहयोग प्रदान गरेको छ ।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठुलो क्षति पुर्याएको छ । यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलङ्गालाई र जिल्ला प्रशासन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई गते हस्तान्तरण गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी
-
जसपा नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
-
सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति
-
बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ