अझै आएन मुर्रा राँगा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सबैभन्दा चर्चा पाएको विषय थियो, मुर्रा राँगो । प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट राँगो लिएर आएको भन्दै खुबै खिसीटिउरीसमेत भएको थियो । यसबारे प्रधानमन्त्रीले सदनमै जवाफसमेत दिनुपरेको थियो ।
त्यतिबेला चर्चा भएको मुर्रा राँगो भने अझैसम्म नेपाल आइपुगेको छैन । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगा भित्र्याउन नेपाली प्राविधिक टोली बल्ल भारत गएको हो ।
भारत सरकारले १५ वटा मुर्रा राँगा अनुदान दिने सहमति अनुसार प्रक्रिया पुरा गर्न ४ सदस्यीय टोली आइतबार भारत गएको पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताए ।
मुर्रा जातको राँगा भित्र्याउन थप प्रक्रियाका लागि राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेय, राष्ट्रिय पशु प्रजनन कार्यालय, लहानका प्रमुख शिवनाथ महतो, पशु क्वारेनटाइनका महाशाखा प्रमुख डा. राजेश यादव र विभागकी पूर्व महानिर्देशक सम्झना काफ्ले गएका हुन् । उनका अनुसार प्राविधिक टोलीले परीक्षण गरेको अध्ययन प्राप्त भएपछि मात्रै मुर्रा राँगा भित्र्याइन्छ ।
टोलीले पशु ओसारपसारका लागि अपनाइने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रक्रिया तय गर्ने ढकालले जानकारी गराए । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य सङ्कलन र संरक्षण गरिने छ । आवश्यकता अनुसार किसानलाई निःशुल्क वीर्य उपलब्ध गराइने छ ।
मुर्रा जातका भैँसीले अन्य जातका भैँसी भन्दा बढी दूध दिने र १२ बेतसम्म पनि दूध उत्पादन लिन सकिन्छ । नश्ल सुधारका लागि मुर्रा राँगा ल्याइने भएकाले यसबाट धेरै किसानले फाइदा लिने पशु विभागको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि सुनुवाइ हुँदै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण