शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोबोटले गर्‍यो एक जनाको 'हत्या'

शुक्रबार, २४ कात्तिक २०८०, १० : २१
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । दक्षिण कोरियामा रोबोटले एक जनाको 'हत्या' गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको हो ।

खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोटले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’ मा धकेलिदिएको थियो । जसका कारण ती व्यक्तिको अनुहार र छाती च्यापिएको थियो ।

गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएका ती व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार ती व्यक्ति ८ नोभेम्बरमा दक्षिण ग्योङसाङ प्रान्तमा रोबोटको सेन्सर सञ्चालनसम्बन्धी जाँच गरिरहेका थिए ।

रोबोट परीक्षणको योजना ६ नोभेम्बरकै लागि तय भए पनि सेन्सर सम्बन्धी समस्याका कारण दुई दिन ढिलो गरी परीक्षण गरिएको थियो ।

रोबोटिक आर्म बनाउने कम्पनीका ती कर्मचारी बुधबार राति अबेरसम्म मेसिनको परीक्षण गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप