रोबोटले गर्यो एक जनाको 'हत्या'
काठमाडौँ । दक्षिण कोरियामा रोबोटले एक जनाको 'हत्या' गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको हो ।
खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोटले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’ मा धकेलिदिएको थियो । जसका कारण ती व्यक्तिको अनुहार र छाती च्यापिएको थियो ।
गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएका ती व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार ती व्यक्ति ८ नोभेम्बरमा दक्षिण ग्योङसाङ प्रान्तमा रोबोटको सेन्सर सञ्चालनसम्बन्धी जाँच गरिरहेका थिए ।
रोबोट परीक्षणको योजना ६ नोभेम्बरकै लागि तय भए पनि सेन्सर सम्बन्धी समस्याका कारण दुई दिन ढिलो गरी परीक्षण गरिएको थियो ।
रोबोटिक आर्म बनाउने कम्पनीका ती कर्मचारी बुधबार राति अबेरसम्म मेसिनको परीक्षण गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण