जाजरकोट भूकम्प : साढे दुई करोडको पशुधन क्षति
काठमाडौँ । जाजरकोट भूकम्पबाट साढे दुई करोड रुपैयाँको पशुधनको क्षति भएको छ । जाजरकोट र पश्चिम रुकुम गरी २ करोड ५१ लाख २३ हजार ५ सय ४५ रुपैयाँ बराबरको पशुधनको क्षति भएको हो ।
जाजरकोटमा मात्रै २ करोड १८ लाख ७ सय ५० रुपैयाँको क्षति र पश्चिम रुकुममा ३३ लाख १८ हजार ७ सय ९५ रुपैयाँ बराबरको पशुधनको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ ।
मन्त्रालयका अनुसार दुवै जिल्लामा ९ सय ७३ पशु चौपायाको मृत्यु भएको छ । जाजरकोटमा ६ सय २२ र पश्चिम रुकुममा ३ सय ५१ पशु चौपायाको मृत्यु भएको हो । सोबाट १७ लाख १८ हजार ५ सय ९५ रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ । ६ सय ६ पशु चौपाया घाइते तथा उपचार गरिएका छन् ।
जाजरकोटमा ६७ वटा खोर गोठको क्षति हुँदा १ करोड ५८ लाख २७ हजार ७ सय ५ रुपैयाँ अनुमानित क्षति भएको मन्त्रालयले जनाएको छ । पश्चिम रुकुममा ४ वटा भौतिक संरचनामा क्षति भएको छ । सोबाट १६ लाख बाराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण