शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री र सीपीसीका सेक्रेटरीबीच भेटवार्ता, कोरलामा पूर्वाधार बनाइदिन आग्रह

शुक्रबार, २४ कात्तिक २०८०, १८ : ३३
शुक्रबार, २४ कात्तिक २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरी प्रदेशबासीको दैनिकीलाई सहज बनाइदिन आग्रह गरे । 

खासगरी कोरोला नाका सञ्चालनसँगै नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन उनको आग्रह छ । यस्तै, कोरोला पोखरा जोड्ने द्रुतमार्ग निर्माण, तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको लागि पाण्डेको आग्रह छ । पोखरामा निर्माण भएको विमानस्थलमा ल्हासा, छेन्दु, गोञ्जाओ लगायत ठाउँबाट नियमित उडानका लागि अनुरोध गरे । 

सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्न सकारात्मक रहेको बताएका छन् । छिटै प्राविधिक टोलीलाई अध्ययनका लागि खटाउने उनको प्रतिबद्धता छ । 

छुङछेङले गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताए । उनले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप