गण्डकीका मुख्यमन्त्री र सीपीसीका सेक्रेटरीबीच भेटवार्ता, कोरलामा पूर्वाधार बनाइदिन आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरी प्रदेशबासीको दैनिकीलाई सहज बनाइदिन आग्रह गरे ।
खासगरी कोरोला नाका सञ्चालनसँगै नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन उनको आग्रह छ । यस्तै, कोरोला पोखरा जोड्ने द्रुतमार्ग निर्माण, तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको लागि पाण्डेको आग्रह छ । पोखरामा निर्माण भएको विमानस्थलमा ल्हासा, छेन्दु, गोञ्जाओ लगायत ठाउँबाट नियमित उडानका लागि अनुरोध गरे ।
सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्न सकारात्मक रहेको बताएका छन् । छिटै प्राविधिक टोलीलाई अध्ययनका लागि खटाउने उनको प्रतिबद्धता छ ।
छुङछेङले गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताए । उनले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण