कर्णालीको प्रदेशसभा नियमावली संशोधन सहित पारित
पूर्णबहादुर खड्का
सुर्खेत । कर्णाली प्रदेशसभाले प्रदेशसभा नियमावली मस्यौदा सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको पहिलो अधिवेशनको आठौं बैठकले केही संशोधन सहितको नियमावली पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेको हुन् ।
प्रदेशसभा नियमावली मस्यौदा समितिको संयोजक सीताकुमारी नेपालीले गत १६ गते संसदमा पेश गरेकी थिइन् । उक्त मस्यौदामा संसदहरुको रायसुझावका आधारमा नियमावली पारित गरिएको हो ।
उक्त संशोधन भएको नियमावलीमा सात सदस्यीय प्रस्ताव गरिएको कार्य व्यवस्था परामर्श समितिको संख्या ११ राख्नुपर्ने, अधिवेशनको अवधि ६ महिनाभन्दा बढी हुन नहुने, प्रदेश सरकारको सिफारिसमा सदन आव्हान र अन्त्य गरिने भएको छ ।
त्यसैगरी, आसन ग्रहणपछिको क्रम शब्द हटाउनुपर्ने, संसदमा प्रस्तुत भएको विधेयकमा संशोधन प्रस्ताव राख्नका लागि दिइने समय १२० घण्टा प्रस्ताव गरिएकोमा अव घटाएर ७२ घण्टा राख्न, विषयगत समितिको सभापति भन्ने शव्द हटाएर अध्यक्ष राख्नुपर्ने संशोधन बुँदाहरु राखिएको छ ।
सो नियमावली माथि प्रदेश सदस्यहरु गुलाबजंग शाह, विन्दमान विष्ट, पद्मा खड्का र देवी ओलीले संशोधनका लागि सुझाव राखेका थिए ।
यस्तै संसदमा दर्ता भएको प्रदेशको पहिलो विधेयक आर्थिक कार्यविधि विधेयकमाथि प्रदेश सदस्यहरुले समेत सुझाव दिएका छन् । प्रदेश सदस्यहरु चन्द्रबहादुर शाही, धर्मराज रेग्मी, कुर्मराज शाही, दिनवन्धु श्रेष्ठ र देवी ओलीले सो विधेयकमा विचार राखेका थिए ।
यस्तै विशेष समयमा उठेका धारणावारे आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक विकास तथा पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीले सरकारको धारणा राखेका थिए । संसद बैठक आर्थिक विधेयकमाथी छलफलका लागि बुधवार दिउँसो पुनः बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण