बंगलादेशद्वारा अस्ट्रेलियासामु ३ सय ७ रनको लक्ष्य प्रस्तुत
पुणे । आईसीसी एकदिवसीय विश्वकप अन्तरगत समूह चरणको अन्तिम खेलमा बंगलादेशले अस्ट्रेलियासामु ३ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको हो ।
बंलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए । यसअघि दुई ओपनरले बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे । दुवै खेलाडी समान ३६–३६ रन बनाएर आउट भए ।
कप्तान नजमुल होसेन सान्तोले रन आउट हुनअघि ४५ रनको योगदान दिए । त्यस्तै, मोहम्मदुल्लाहले ३२ रन बनाए भने खेलको अन्त्यतिर मेहदी हसन मिराजले २० बलमा २९ रन बनाए ।
अस्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण