गोरखामा घर जल्दा आमाछोराको मृत्यु
आइतबार, २६ कात्तिक २०८०, १३ : ४२
पोखरा । गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ । धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए । उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो । ‘घरभित्र सल्लाको काठ थियो । कसरी जल्यो भन्ने थाहा छैन,’ उनले भने, ‘राती आगो लागेछ । अहिले प्रहरीहरु आइरहेका छन् ।’
घर पूर्ण रुपमा जलेर सकिएको छ । जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ । उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण