एमाले दैलेखका नेता तर्क शाही दम्पति माओवादीमा प्रवेश
दैलेख । नेकपा एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा (माओवादी केन्द्र) का प्रवेश गरेका छन् । दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने शाहीलाई आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।
उनीसँगै उनको श्रीमती सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् । सिंह एमाले कर्णाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् । उनी ०७४ मा एमालेबाट नै ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
गत असोजमा भएको एमाले कर्णाली प्रदेशको अधिवेशनसँगै शाही दम्पत्ति एमालेभित्र असन्तुष्ट बनेका थिए । एमाले कर्णाली प्रदेशका पुर्व अध्यक्ष (त्यो बेलाको) विनोदकुमार शाहको प्रतिनिधि छनोटमा गुण्डागर्दी शैली अपनाएको भन्दै सिंहले सार्वजनिक रुपमै प्रेस नोट जारी गरेकी थिइन् ।
उनले शाहीलाई प्रतिनिधि छनोटमा हुकुमी शैली अपनाएको आरोप समेत लगाएकी थिइन् । उनी सात वर्ष अनेमसंघ दैलेखको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकी महिला नेतृ हुन् ।
उनी सम्पन्न अनेमसंघको राष्ट्रिय अधिवेशनमा निर्वाचित भई केन्द्रीय सदस्य तथा दैलेख–२ को इन्चार्जसमेत हुन् । आफुलाई प्रतिनिधि छनोट हुन नदिएपछि उनी एमालेभित्र रुस्ट बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
-
सुनसान देखिन थाल्यो रास्वपाको महाधिवेशनस्थल, तस्बिरहरू
-
खाँणका वकिलको जिकिर, ‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’
-
‘परीक्षा बोर्डको नतिजा प्रक्रियामा कुनै त्रुटि छैन, आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार नगर्नू’
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण