बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक ७ घण्टाभन्दा कम सुत्नु हुन्छ ? स्वास्थ्यमा यस्ता समस्या आउन सक्छन्

सोमबार, २७ कात्तिक २०८०, ११ : २५
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । निद्रा मानिसको लागि प्रकृतिको सुन्दर उपहार हो । अझ वरदान नै हो भन्दा पनि हुन्छ । हाम्रो दिमागलाई स्फुर्त राख्न अनि शरीरका अन्य अंगलाई आराम दिनलाई पनि पुरापुर निद्रा जरुरी छ । तर अहिलेको युगमा मानिसहरूको जीवन भाग दौडले भरिएको छ, भ्याई नभ्याई छ । भरपुर निद्रा पुर्‍याउन मान्छेसँग समय नै छैन ।

पूरा निद्राले दिमागलाई शान्ति अनि आराम मिल्छ । पाचन प्रक्रिया राम्रो रहन्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि तीव्र हुन्छ । निद्राको अभावका कारण कयौँ खाले रोग लाग्छ । सुतेको बेलामा हाम्रो शरीर रिपेयर मोडमा जान्छ । यति बेला कोशिका र मांसपेशीको पुनः निर्माण हुन्छ । यसले तपाई ताजा महसुस गर्नु हुन्छ ।

दिमागको लागि पनि हामीलाई पर्याप्त निद्रा चाहिन्छ । निद्राले ब्रेन बुष्ट हुन्छ अनि सतर्क र एकाग्र रहन सकिन्छ । पूरा निदाउन प्रतिरोधात्मक क्षमताले पनि राम्रोसँग काम गर्न सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार हरेक व्यक्ति दिनमा ७ देखि ९ घण्टा निदाउन जरुरी छ । यो तपाईँको स्वास्थ्यको लागि जरुरी छ ।  तपाई ७ घण्टा भन्दा कम निदाउनु हुन्छ ? तपाईँको यो बानीले शरीरमा के के हुन्छ थाहा छ ?

जति बेला पनि थाकेको महसुस

७ घण्टाभन्दा कम निदाउँदा अलग अलग स्लिप साइकलसँग गुज्रिन शरीरसँग निकै कम समय हुन्छ । यसले गर्दा बिहान उठ्ने बित्तिकै थाकेको महसुस हुन्छ । यो थकान दिनभरि नै रहन्छ । जसले गर्दा ध्यान केन्द्रित गर्न, एकाग्र रहन सकिँदैन । कार्यसम्पादनमा त्रुटि हुन सक्छ । निद्रा पूरा भएन भने व्यक्तिको सोच्ने, निर्णय दिने क्षमतामा पनि क्षमतामा पनि असर पर्छ ।

तौल बढ्ने

निद्रा र वजनको एक आपसमा गहिरो सम्बन्ध छ । अपर्याप्त निद्राका कारण शरीरमा ग्रेलिन र लेप्टिन हर्मोन्सबीचको सन्तुलन बिग्रिन्छ । ग्रेलिन हर्मोनले भोकलाई जगाउँछ । लेप्टिन हर्मोनले भने पेट भरिएको संकेत दिन्छ । पर्याप्त ननिदाउँदा शरीरमा ग्रेलिन हर्मोनको स्तर बढ्छ । जसले गर्दा धेरै निद्रा लाग्छ । विशेषगरी धेरै क्यालोरी र चिनीयुक्त वस्तु खाँउ खाउ हुन्छ । लेप्टिन हर्माेनको स्तर घट्दा चाहिँ पेट भरिएको महसुस नै हुन्न । अनि अनियन्त्रित खानपानका कारण तौल बढ्छ ।

मानसिक स्थितिमा असर

कम निदाउनुको असर सिधै हाम्रो मानसिक स्थितिमा पर्छ । हामी जति धेरै सुत्छौँ, त्यति नै हाम्रो दिमागमा नयाँ ऊर्जा जुट्छ । तर निद्रा पूरा नहुँदा दिमाग स्फुर्त रहँदैन । फलतः अनेकौँ मानसिक समस्या निम्तिन्छ । स्मरण शक्ति सँग सम्बन्धित समस्याहरू आउँछ ।  

हर्ट अट्याक

हामी सुतिरहेको बेलामा हाम्रो शरीरको भित्री अङ्गहरूले पनि आराम पाउँछन् । यिनीहरूको  पनि मर्मत हुन्छ र सफाइको समय शरीरले पाउँछ । तर निद्रा पूरा नहुँदा शरीरबाट विषाक्त पदार्थहरू निस्किन पाउँदैनन् । जसका कारण उच्च रक्तचापको जोखिम बढ्छ । यसले गर्दा हृदयाघातको खतरा पनि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप