जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिएको राजीनामा अस्विकृत भएको छ ।
दुई महिनादेखि बेलायतमा रहेकी उनले इमेलमार्फत राजीनामा पठाएकी थिइन् । प्रदेश सभा सचिवालयको इमेलमा प्राप्त राजीनामाको प्रक्रिया नमिले भन्दै स्वीकृत नगरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।
‘मेलबाट आएको पत्रमा आशंका छ, त्यसको बारेमा थप जानकारी माग गरिएको छ, थप जानकारी आएपछि राजीनामाको सम्बन्धमा छलफल हुन्छ,’ प्रदेश सभा सचिव पुनले भने,‘राजीनामा गीत गुरुङले नै दिएको हो भन्न प्रष्ट छैन, भाषा पनि मिलेको छैन, त्यही भएर हाललाई राजीनामा स्वीकृत नगरिएको हो ।’
यद्यपी उनका श्रीमान कैलाश गुरुङले गीता गुरुङले राजीनामा दिएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘गीता गुरुङजीले राजीनामा दिनुभएको हो, राजीनामा दिनुको कारण पत्रमै उल्लेख छ ।’
सभामुख तुलाराम घर्तीमगरलाई सम्बोधन गरेर पठाइएको राजीनामा पत्रमा उनले भनेकी छन्,‘जनताले तिरेको करबाट पारिश्रमिक लिएपनि त्यो अनुसार काम गर्न सकिनँ ।’
यद्यपि जनमत पार्टीका नेताहरूले गुरुङके राजीनामा स्वीकृतिका लागि सभामुखलाई दबाव दिइरहेका छन् । उनी जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष