जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?
काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिएको राजीनामा अस्विकृत भएको छ ।
दुई महिनादेखि बेलायतमा रहेकी उनले इमेलमार्फत राजीनामा पठाएकी थिइन् । प्रदेश सभा सचिवालयको इमेलमा प्राप्त राजीनामाको प्रक्रिया नमिले भन्दै स्वीकृत नगरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।
‘मेलबाट आएको पत्रमा आशंका छ, त्यसको बारेमा थप जानकारी माग गरिएको छ, थप जानकारी आएपछि राजीनामाको सम्बन्धमा छलफल हुन्छ,’ प्रदेश सभा सचिव पुनले भने,‘राजीनामा गीत गुरुङले नै दिएको हो भन्न प्रष्ट छैन, भाषा पनि मिलेको छैन, त्यही भएर हाललाई राजीनामा स्वीकृत नगरिएको हो ।’
यद्यपी उनका श्रीमान कैलाश गुरुङले गीता गुरुङले राजीनामा दिएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘गीता गुरुङजीले राजीनामा दिनुभएको हो, राजीनामा दिनुको कारण पत्रमै उल्लेख छ ।’
सभामुख तुलाराम घर्तीमगरलाई सम्बोधन गरेर पठाइएको राजीनामा पत्रमा उनले भनेकी छन्,‘जनताले तिरेको करबाट पारिश्रमिक लिएपनि त्यो अनुसार काम गर्न सकिनँ ।’
यद्यपि जनमत पार्टीका नेताहरूले गुरुङके राजीनामा स्वीकृतिका लागि सभामुखलाई दबाव दिइरहेका छन् । उनी जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण