तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु
सारांश
- इजरायलले गाजामा फेरि हवाई आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको छ, धेरै घाइते छन्।
- अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण चलिरहँदा इजरायलले गाजामा आक्रमण गरेको हाे ।
गाजापट्टी । इजरायलले शुक्रबार बिहान फेरि एक पटक गाजामा शक्तिशाली र घातक हवाई आक्रमण गरेको छ। हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार त्यहाँ उपस्थित एक पत्रकारले इन्डोनेसियाली अस्पतालमा २० जनाको शव गणना गरिएको पुष्टि गरेका छन् । अर्कोतर्फ घाइते र उद्धारकर्मीहरूको भनाइ उद्धृत गर्दै धेरै मानिसहरू भग्नावशेषमुनि दबिएको बताइएको छ ।
इजरायलले पछिल्ला दिन गाजामा निरन्तर आक्रमण गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणमा रहकै बेला आक्रमण भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबिच युद्धविराम गराउन धेरै महत्त्वपूर्ण प्रयासहरू पनि गरेका छन्।
यद्यपि, अर्कोतर्फ यसहप्ता अमेरिकी समर्थित नयाँ संस्था ‘गाजा मानवीय फाउन्डेसन’ ले महिनाको अन्त्यसम्ममा गाजामा राहत कार्य सुरु गर्न सक्ने घोषणा गरेको छ । यसमा अमेरिकी सैन्य भेटरान, सुरक्षा विज्ञ र पूर्व राहत संयोजकहरू समावेश हुनेछन्।
लगातार तेस्रो दिन घातक हवाई हमला
इजरायल र हमासबिच जारी द्वन्द्वका बेला इजरायलले गाजामा घातक हवाई आक्रमण गरेको यो लगातार तेस्रो दिन हो । यसअघि बिहीबार इजरायलले दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण गर्दा ५४ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए।
बुधबार उत्तरी र दक्षिणी गाजामा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो, जसमा करिब दुई दर्जन बालबालिका पनि थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण