आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

किशिङ सिन गर्दा इमरान हाशमी डराएपछि.....

सोमबार, २७ कात्तिक २०८०, १४ : ४१
सोमबार, २७ कात्तिक २०८०

नयाँ दिल्ली । हरेक कलाकारको आ–आफ्नै विशेषता र फरक खुबी हुन्छ । कोही एक्सन सिनमा पारंगत हुन्छन् त कोही हसाउन । बलिउडमा सिरियल किसर भनेर चिनिएका इमरान हासमी किसिङ सिनका लागि बढी चर्चित छन् । उनले आफ्नो करियरमा कयौँ हिट फिल्म दिएका छन् । उनका प्रायः फिल्म किसिङ सिनका कारण पनि चर्चित छन् ।

पछिल्ला केही समय उनले हिट फिल्मको स्वाद चाख्न पाएका छैनन् । एउटा फिल्ममा किसिङ सिन उनका लागि निकै भारी साबित भयो । यो कुरा हो सन् २०१३ मा आएको फिल्म घनचक्करको । फिल्मको सेटमा किसिङ सिन सुट भइरहेको थियो । इमारनको अपोजिटमा नायिका थिइन् विद्या बालन । विद्या बालनको पति सिद्धार्थ रोय कपुर फिल्मका निर्माता थिए । सिन खिच्ने बेलामा उनी विद्यालाई बारम्बार सिद्धार्थले देखि रहेको त छैन ? उसले देख्यो भने के हुन्छ ? आफ्नो पारिश्रमीक नै नदिने पो हो कि ? भन्ने चिन्ता सताइरहेको थियो । उनी यो सबै कुरा शुटिङको बेलामा विद्या बालनलाई भनिरहेका पनि थिए ।

तर यो फिल्म निकै फ्लप साबित भयो । इमरान हासमी किसिङ सिन सुट गर्ने बेलामा डराइरहेको कुरा विद्याले पछि एउटा कार्यक्रममा भनेकी थिइन् । विद्या र इमरानले डर्टी पिक्चर्स लगायत कयौँ फिल्म खेलेका छन् । डर्टी पिक्चर्स भने फिल्म निकै हिट भयो । फिल्ममा विद्या र इमरान दुवैको कामलाई दर्शकले निकै मन पराएका थिए । तर पछिल्लो समय यी दुवैको फिल्मले खासै कमाल गर्न सकेको छैन । विद्या अहिले वर्षमा एउटा मात्रै फिल्म खेलिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप