रविको व्यङ्ग्य–सत्ताधारी दलका नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त भन्दै व्यङ्ग्य गरेका हुन् ।
उनले लेखेका छन्,'सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौँ युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रूपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ ।'
यस्तै सभापति लामिछानेले कांग्रेस महामन्त्री गगन थापाको पनि आलोचना गरेका छन् । यसअघि थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका थिए । तर सभापति लामिछानेले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको विरोधको अर्थ चाहिँ बुझ्न नसकिएको टिप्पणी गरेका छन् । उनले के यो निर्णय माओवादी केन्द्रको मात्रै हो भन्दै प्रश्न समेत गरेका छन् ।
सभापति लामिछानेले आजको युग सोसियल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया रहेको पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण