टिकटकमाथिको प्रतिबन्ध निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णयपछि अध्यक्ष लिङ्देनले यो निर्णय निरंकुशताको बाटो भएको समेत उल्लेख गरेका छन् ।
‘प्रजातन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो’, उनले लेखेका छन्,‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।’
अध्यक्ष लिङ्देनले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिने बताए । उनले भनेका छन्, ‘आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ ।’
अध्यक्ष लिङ्देन टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण