बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकमाथिको प्रतिबन्ध निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन

सोमबार, २७ कात्तिक २०८०, १७ : ४४
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णयपछि अध्यक्ष लिङ्देनले यो निर्णय निरंकुशताको बाटो भएको समेत उल्लेख गरेका छन् । 

‘प्रजातन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो’, उनले लेखेका छन्,‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।’

अध्यक्ष लिङ्देनले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिने बताए । उनले भनेका छन्, ‘आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ ।’

अध्यक्ष लिङ्देन टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता गर्न माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप