टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सूर्य थापा–तानाशाही निर्णयको जति निन्दा गरेपनि कम हुन्छ
सोमबार, २७ कात्तिक २०८०, १८ : ३२

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद सूर्य थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोक्ने तानाशाही निर्णय भएको बताएको छन् ।
सोमबार सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद थापाले संसद्को वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै सरकारले गरेको निर्णय तानाशाही भएको टिप्पणी गरेका हुन् ।
सांसद थापाले विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन माग गरेका छन् ।
यस्तै उनले सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू