टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
सोमबार, २७ कात्तिक २०८०, २० : ३८

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए ।
इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह
-
भारतको उक्साहटमा राजावादीको सक्रियता बढेको एमाले निष्कर्ष
-
वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो
-
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
-
१०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु
-
७.६६ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?