महोत्तरीमा पनि युवाहरुले गरे टिकटक बन्द गर्ने निर्णयको स्वागत
जनकपुरधाम । सरकारको टिकटक बन्द गर्ने निर्णयलाई महोत्तरीका युवाहरुले स्वागत गरेका छन् । सोमबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौलीमा टिकटक अंकित प्रिन्टेड कागज जलाउँदै मैनबत्ती प्रज्वलन गरेर युवाहरुले सरकारको सो निर्णयलाई स्वागत गरेका हुन् ।
टिकटक बन्द संघर्ष समितिका संयोजक सुमनकुमार चौधरीसहितका युवाहरुले सरकारको यो निर्णयलाई स्वागत गरेको हो । नेपाल सरकार जिन्दावाद भन्दै युवाहरुले नाराबाजी समेत गरेका थिए ।
टिकटक बन्द हुनुपर्ने भन्दै संघर्ष समिति गठन गरेरै तीनै तहको सरकारलाई उनीहरुले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराउँदै आएका थिए । उनीहरुले अघिल्लो दसैँदेखि नै टिकटक बन्द गर्नुपर्ने भन्दै पटक पटक आन्दोलनसमेत गर्दै आएका थिए ।

सरकारले गरेको यो निर्णय निकै सराहनीय र स्वागतयोग्य रहेको संघर्ष समितिका संयोजक चौधरीले बताए । टिकटकका कारणले नेपाली संस्कृतिमाथि भइरहेको नकारात्मक प्रहारलाई रोक्न सरकारले गरेको यो निर्णयबाट पछाडि नहट्न उनीहरुले आग्रह गरेका छन् ।
भोलि साँझ पनि जनकपुरधाममा सरकारको यो निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलन गर्ने कार्यक्रमको आयोजना गरिएको संयोजक चौधरीले जानकारी दिए । उनले सो कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा लगायतका युवाहरुको सहभागिता रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण