संगिता राईले लिइन् तान्जनियाको लगातार दुई विकेट
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जनियाको दोस्रो र तेस्रो विकेट लिएको छ । तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले लिएकी हुन् ।
संगिताले तान्जनियाकी ओपनर साउम मातेईलाई दोस्रो विकेटका रुपमा पेभेलियन फर्काएकी हुन् । संगिताले उनलाई विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । पेभेलियन फर्किनुअघि साउमले १६ रन बनाएकी थिइन् । उनले २५ बलमा एक चौका पनि हिर्काइन् । तान्जनियाले ९.३ ओभरमा दोस्रो विकेट गुमाउँदा ४२ रन बनाएको थियो ।
त्यसलगत्तै ९.५ ओभरमा संगिताले तान्जनियाको तेस्रो विकेट लिइन् । उनले तान्जनियाकी मोनिका पास्कललाई कप्तान इन्दू बर्माद्वारा क्याच गराएकी हुन् । मोनिकाले पेभेलियन फर्किनुअघि १८ बलमा १० रन बनाएकी थिइन् । मोनिका आउट हुँदा तान्जनियाले ४३ रन बनाएको थियो ।
तान्जनियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो । शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण